• २९ भदौ २०८३, सोमबार
  • ११ः५२ बिहान

प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुनेछ भन्नेमा ढुक्क छु: केपी शर्मा ओली

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार ०२:२०

२५ पुस २०७९, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्र‍चण्ड’ ले विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त भएकाे बताएका छन्। उनले साेमबार प्रतिनिधिसभाकाे पहिलाे बैठकमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन्। नयाँ दल र सांसदलाई बधाई तथा शुभकामना दिँदै उनले भने, ‘प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुनेछ भन्नेमा ढुक्क छु। जनताले परिवर्तनको अपेक्षा गरेका छ्न्। यसकाे अभिभारा नयाँ सरकारलाई जान्छ।’

National Life

आफूहरूले देश र जनताकाे लागि काम गर्नुपर्ने प्रमुख जिम्मेवारी रहेकाे बताउँदै उनले भने, ‘हामीसँग आज धेरै चुनौतीहरू छन्। गम्भीर शिक्षा लिनुपर्छ।’


ओलीभन्दा अघि बोलेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विघटन भएको संसद पुनर्स्थापना भई पाँचै वर्ष चलेको र चुनावबाट नयाँ अधिवेशन सुरू भएको बताएका थिए। एमाले अध्यक्ष ओलीले त्यसतर्फ लक्षित गर्दै अहिलेको सत्ता गठबन्धन प्रतिगमनतर्फ नजाने पनि बताए । उनले ‘प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइ,’ सोमबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदबाट सरकार बन्नु र संसदबाट सरकार ढल्नु प्रतिगमन होइन। अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढाल्नु प्रतिगमन हो।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया