• २३ भदौ २०८३, मंगलबार
  • ६ः०२ बिहान

लघुवित्त र जलविद्युत दुई कम्पनीले आइपीओ निष्कासन गर्न पाए बोर्डको स्वीकृत

प्रकाशित मिति

२०७९ पुष २० गते, बुधबार ०२:१२

२० पुस २०७९, काठमाडौँ: नेपाल धितोपत्र बोर्डले बीपीडब्ल्यू लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति दिएको हाे। जसमध्ये बीपीडब्ल्यू लघुवित्तले ९७ हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हाे जस्मा कम्पनीले जारी पुँजीको ३२.३३ प्रतिशत सेयर जारी गर्दैछ । यस्तै, सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता आइपीओ जारी गर्दैछ।

National Life

यो आइपीओ आयोजना प्रभावित र सर्वसाधारण दुवैलाई हो । ५५ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ स्वीकृत गरेको छ। बोर्डले एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीलाई ५५ लाख ८५ हजार कित्ता आइपीओ निष्कासनको स्वीकृति दिएको हो। सगरमाथा जलविद्युतले भने जारी पुँजीको ४९ प्रतिशत प्राथमिक सेयर बिक्री गर्दैछ। दुवै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले आइपीओ निष्कासनको अनुमति पाएका हुन्।

प्रतिकृया