• १३:२१ २०८० चैत्र १६ गते
  • 1:21 pm

प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको बिहीवार लाभांश सुरक्षित गर्ने अन्तिम दिन

प्रकाशित मिति

२०७९ पुष २० गते, बुधबार ०२:०९

lastd

२० पुस २०७९, काठमाडौँ: प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गरेसँगै भोलि पुस २१ गते बिहीवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।


प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।


त्यस्तै मेरो माइक्रोफाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर समेत गरेर १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ ६ गते साधारण सभा बोलाएको छ । सभा क्राउन होटल हारती, नुवाकोटमा बिहान ११ः३० बजे गर्ने कम्पनीले जानकारी दिएको हो ।

प्रतिकृया