• ३१ भदौ २०८३, बुधबार
  • ७ः०५ बेलुका

प्रदेश २ का बाढी पीडितलाई प्रधानमन्त्री ओलीले राहत प्याकेज लिएर भेट्ने

प्रकाशित मिति

२०७६ श्रावण १७ गते, शुक्रबार ०१:१३

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ का बाढी पीडित जनतालाई राहत तथा रोजगारीको प्याकेज लिएर मधेस जाने बताउनु भएको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग भेटेर मधेसको अवस्थाबारे जानकारी लिनु भयो । ओली शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै हुनु हुन्छ । सिंगापुरबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेट्न जाने बताउनु भएको छ ।

National Life

प्रधानमन्त्रीले बाढीले पूरै घर बस्न नहुने गरी क्षति पुगेका जनतालाई सरकारले नै घर बनाइदिने र खेतीबाली नष्ट भएका पीडित परिवारका कम्तिमा एकजनालाई रोजगारीसमेत दिइने बताउनु भयो ।

नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेलसहित सो प्रदेशबाट निर्वाचित नेकपाका सांसदले प्रधानमन्त्रीलाई भेटेर मधेसका बाढीपीडितको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया