• १४ असोज २०८३, बुधबार
  • १२ः३१ दिउँसो

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार ११:२२

२१ मंसिर २०७९, काठमाडौँ : सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार १० वर्षीया बालिकाको पोखरीमा डुबेर र ५० वर्षीय पुरुषको घरको ब्राण्डामा लडेर मृत्यु भएको हो। जिल्लाको ब्रहमपुरी गाउँपालिका ६ नौकिलवा बस्ने देवशरण रायको १० वर्षीया छोरी उषा कुमारी यादव घरबाट हराएकोमा खोजतलास गर्ने क्रममा घरबाट ४ सय मिटर दुरीमा रहेको रत्नेश्वर रायको पोखरीमा डुबेको अवस्थामा फेला परेको हो।

National Life

यस्तै, लालबन्दी नगरपालिका १ मा एक जनाको मृत्यु भएको छ। सोही ठाउँमा डेरा गरी बस्दै आएका ५० वर्षीय भरतलाल लामा तिन तल्ले घरको ब्राण्डामा बस्ने क्रममा तल खसेर घाइते भएका थिए। उनको उपचारको क्रममा हरिवनस्थित नमुना अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।


दुवै घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया