• १३ असोज २०८३, मंगलबार
  • १ः०५ दिउँसो

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०४:०३

१३ मंसिर २०७९, काठमाडौँ: आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो ।

National Life

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारासहित गर्न लागिएको यो १५ औँ संस्करणको औद्योगिक प्रदर्शनी भएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष तथा प्रदर्शनी आयोजक मूल समितिका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिए । बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीको तयारीका काम तीव्ररुपमा अगाडि बढाइएको पनि उहाँले जानकारी गराए । प्रदर्शनी तयारी अन्तर्गत प्रदर्शनी आयोजनास्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरि सकिएको छ ।


पूर्वाधार निर्माण तथा स्टल दर्ता प्रक्रियाको काम भइरहेको सदस्य सचिव हरिबहादुर खत्रीले बताए । सङ्घका कार्यकारी अधिकृत यादव भण्डारीका अनुसार प्रदर्शनी सम्पन्न गर्नका लागि विभिन्न ३१ वटा विषयगत समिति गठन गरिएको छ । साथै हालसम्म सयभन्दा बढी स्टल दर्ता भइसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मूल समितिका सहसंयोजक दिलीप सापकोटाको संयोजकत्वमा गठित स्टल दर्ता उपसमितिका सहसंयोजक महेश थैवका अनुसार नयाँ व्यवस्थापनका साथ आयोजना हुन लागेको प्रदर्शनीमा समावेश गरिने उद्योग प्रतिष्ठानका उत्पादन पनि उत्कृष्ट हुनेछन् ।


प्रदर्शनीमा नयाँ उत्पादन र प्रविधिको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइनेछ । प्रदर्शनीमा करिब चार सय स्टल राखिने र प्रकृति अनुसार छुट्टाछुट्टै पेभिलियनको व्यवस्था मिलाइने उनले बताए । स्वदेशी उद्योगको संरक्षण गर्नुपर्ने सन्देश आमरुपमा फैलाउनुपर्ने दायित्वसँगै उद्योगीले आफ्ना उत्पादनको उचित मूल्य र गुणस्तरीय उत्पादन उपभोक्तामाझ पु¥याउन एक साझा थलोका रुपमा विकास गरिएको प्रदर्शनीमा कुनै प्रकारको कमी हुन नदिने गरी तयारीका काम अगाडि बढाइएको मूल समितिका संयोजक पौडेलले बताए ।

प्रतिकृया