• १२ असोज २०८३, सोमबार
  • ९ः१६ राती

प्रहरीको भेषमा सुनको गहना बनाउने कारखानामा डकैत गर्ने पाँच पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार १२:५१

९ मंसिर २०७९, काठमाडौँ : प्रहरी हौं भनेर सुनका गरगहना बनाउने कारखानामा डाँका मारेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित पाँच तले घरको पहिलो तलामा डकैती भएको हो। दुई जना भारतीय नागरिकले सञ्चालन गरेको उक्त कारखानामा कात्तिक २९ गते डाँका मारेको थियो।

National Life

यस घटनामा संलग्न ५ जनालाई प्रहरीले गत ७ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूलाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू तीन जना धादिङ र दुई जना धनकुटाका छन्।


२६ वर्षीय सुमन राई, २८ वर्षीय देविराज राई, ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीया मनिला तामाङ छन्। उनीहरूले प्रहरीको पोशाक लगाएर उक्त कारखानामा पुगेका थिए। आफूहरू हनुमानढोका प्रहरी कार्यालयबाट आएका हौं भनेर बिल नभएको बताउँदै विभिन्न गरगगहना लुटेर भागेको एसपी मैनालीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

डाँका मारी फरार भएको भन्ने खबर पाएपछि परिसर र प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको थियो। उक्त टोलीले उनीहरूलाई एउटा पेस्तोल, म्याग्जिन, चार राउन्ड गोली, २६ ग्राम सुन, मोटरसाइकल दुई वटा, प्रहरी पोशाक र लागु औषध बरामद गरेको छ।प्रहरीले सुन भने बेगबहादुरको सुन पसलबाट बरामद गरेको हो।


उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया