• १२ असोज २०८३, सोमबार
  • ३ः११ राती

आज एनसीसी बैंककाे साधारण सभा हुँदै

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ११:४८

२ मंसिर २०७९, काठमाडौँ : नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे वार्षिक साधारण सभा आज हुँदैछ ।बैंककाे कार्तिक ४ गते शुक्रबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पच्चीसाैँ वार्षिक साधारण सभा आज मंसिर २ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू भएकाे छ ।

National Life

सभामा बैंककाे असोज २९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


यसका साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा भएका संशोधन सम्बन्धी विशेष प्रस्तावहरु सम्बन्धित नियामक निकायबाट स्वीकृति लिने क्रममा उक्त निकायहरुको निर्देशन अनुसार फेरबदल, परिमार्जन, थपघट गर्नु परेमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक १५ गते एकदिन बुकक्लाेज गरेकाे थियाे । तर कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेका कारण हाल दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का छ । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया