• २६ भदौ २०८३, शुक्रबार
  • ९ः०२ बिहान

भक्तपुरमा ट्याङ्कर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०८:२९

२९ कात्तिक २०७९, भक्तपुर : भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गए राति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर र बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

National Life

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो । झापाको विर्तामोड नगरपालिका–२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमी बस्दै आएका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक भक्तपुरको ब्यासीका प्रवीण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिकृया