• २ असोज २०८३, शुक्रबार
  • १ः४५ राती

अरिङ्गालले टोक्दा एक बालकको मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०५:५०

१८ कार्तिक २०७९, काठमाडौँ : बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका-८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो ।

National Life

भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ ।


अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार मृत्यु भएको थलारा-८ का वडाध्यक्ष टीकाराज जोशीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया