• ३१ भदौ २०८३, बुधबार
  • ५ः१० बेलुका

यस्ता कर्मचारीलाई आयोगले चुनावमा खटाउँदैन

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०७:१५

१६ कात्तिक २०७९, काठमाडौँ : निर्वाचन आयोगले सरकारी कर्मचारी वा शिक्षकका संघसंस्थामा आवद्ध पदाधिकारीहरूलाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नखटाउने भएको छ। साथै उम्मेदवारका नजिकका नातेदार सरकारी कर्मचारी वा शिक्षक छन् भने पनि उनीहरू आफन्त उम्मेदवार भएका क्षेत्रमा खट्न पाउँदैनन्।

National Life

जनशक्ति व्यवस्थापन निर्देशिकाले कार्यालयको सुरक्षामा खटिएका सुरक्षा गार्ड, पहरा बस्ने कर्मचारी र स्वास्थ्य, बिजुली, टेलिफोन, बैंक, वारूणयन्त्र, खानेपानीजस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई पनि चुनावमा नखटाउने भएको छ। यदी उनीहरूलाई चुनावमा खटाउने हो भने वैकल्पिक जनशक्तिको व्यवस्था गर्नुपर्छ।


आयोगले चुनावका लागि सुरक्षाकर्मीबाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालन गर्दैछ। आयोगले चुनावमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया