• १३ असोज २०८३, मंगलबार
  • ३ः५५ दिउँसो

सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार १२:२८

६ कार्तिक २०७९, काठमाडौँ: सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ जना संस्थापक शेयरधनीको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा लघुवित्तकै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

National Life

शेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले आइतबारबाट ३५ दिनभित्र संस्थाको मुख्य कार्यालय बनेपा –१३, साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने शेयर कित्ता संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।


तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया