विकासको प्रकाश छर्ने प्रतिबद्धताका साथ प्रदेश सभाका उम्मेदवार युवा नेता प्रकाश देउवा चुनावी अभियानमा
प्रकाशित मिति
२०७९ कार्तिक ३ गते, बिहीबार ०१:३२
३ कार्तिक २०७९, काठमाडौँ: मंसिर ४ गतेको चुनाव नजिकैदा गर्दा देशभर नै चुनावी माहौल तातेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लागिसकेको छ । उम्मेदवारहरु आ आफ्ना एजेण्डाहरु लिएर मानिसहरुको घर दैलो कार्यमा व्यस्त छन् भने कसैले सामाजिक संजालबाट आफ्नो सन्देशहरु मतदाताकहाँ पु-याइरहेका छन् ।
यस्तै कैलालीमा पनि चुनावी सरगर्मी बढेको छ । यतिबेला उम्मेदवार तथा नेताहरूलाई खाना खाने फुर्सद छैन । मतदाताको घरदैलोमा पुगेर हात जोड्दै सहयोगको अनुरोध गरिरहेका छन् । कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेश सभामा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका युवा नेता प्रकाश देउवा विहान देखि साँझ सम्म मतदाताको घर दैलोमा नै हुन्छन् । प्रकाश प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा समेत हुन् ।
उनी यस क्षेत्रका युवा उम्मेदवार हुन् र युवाहरु माझ प्रसिद्ध छन् । गत वर्ष सम्पन्न कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा लोकप्रिय मत पाएर महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भएका देउवा धनगढीलाई सुन्दर सहरसँगै सुदूरपश्चिम प्रदेश सभामा युवाको अर्थपूर्ण उपस्थितिका लागि निर्वाचन लडेको बताउँदै आएका छन् । छिमेकी जिल्ला कञ्चनपुरको गुलरियामा जन्मे हुर्केका देउवाले उच्च शिक्षा अध्ययनका क्रममा कैलालीको धनगढीमा पनि लामो समयदेखि परिचित हुन् ।
प्रधानमन्त्री पत्नी एवम् कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाका स्वकीय सचिवसमेत रहेका प्रकाश पछिल्लो ५ वर्ष यता लगातार धनगढीमै रहेर काम गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा डा।आरजु राणा देउवा कैलालीको निर्वाचन क्षेत्र नम्बर– ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेदेखि प्रकाश देउवा पनि यहाँका नेता तथा कार्यकर्तासँग निकट हुँदै यहाँको विकासको लागि लागि परेका छन ।










प्रतिकृया