• १३ असोज २०८३, मंगलबार
  • ६ः५३ बेलुका

जुम्लामा बाढीपहिराेकाे प्रभाव : ग्यास र पेट्रोलियम पदार्थ अभाव

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार १२:३३

१ कार्तिक २०७९, काठमाडौँ: अविरल वर्षापछि गएकाे बाढी र पहिराेले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ ।

National Life

बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्धपछि पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ ।


महिनौंं दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेका हुनाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको छ । खाद्यान्न र पेट्रोलियम पदार्थ बेच्ने पसलको अनुगमन गरिएको छ । अनुमगनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

दशवटा पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थवाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छिटोभन्दा छिटो राजमार्ग खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिकृया