• १८ भदौ २०८३, बिहीबार
  • १२ः५४ राती

बैंक अफ काठमाण्डूको लाभांश प्रस्ताव

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०२:४०

३० असोज २०७९, काठमाडौँ: बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८\७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव ९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

Kamana Sewa

प्रतिकृया