• १८ भदौ २०८३, बिहीबार
  • ६ः५३ बेलुका

सत्यमोहन जोशीको निधनमा सरकारले एकदिन सार्वजनिक बिदा दिने

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०२:३७

३० आश्विन २०७९, काठमाडौँ: सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए ।


यद्यपि सरकारले निर्णय गरिसकेको छैन । आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

Kamana Sewa

प्रतिकृया