सवारी साधनको नम्बर प्लेट मापदण्ड
प्रकाशित मिति
२०७९ आश्विन २८ गते, शुक्रबार ०५:२३
२८ असोज २०७९, काठमाडौँ: सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ साधारण नम्बर प्लेट द्रष्ट्रब्य ३, र भाग २ इम्बोस्ड सवारी नम्बर प्लेटको हकमा द्रष्ट्रब्य ५, अनुसारको नम्बर प्लेट राख्न काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
१ साधारण नम्बर प्लेट
-सबै किसिमका ठूला तथा मझौला सवारीहरूको नम्बर प्लेटको साईज १४× ८ ईन्च ।

-साना सवारी मध्ये चार पाङग्रेको नम्बर प्लेटको साइज १२ ×७ईन्च

-तीनपाङग्रे टेम्पो आदिको नम्वर प्लेटको साइज १०×७ ईन्च
-दुई पाङग्रे मोटरसाइकल, स्कुटर आदिको नम्वर प्लेटको साइज ८ × ५ ईन्च हुनु पर्नेछ ।
२ इम्बोस्ड सवारी नम्बर प्लेट
– ठुला सवारी साधनको नम्बर अगाडीको ५२०×११० मिलिमिटर र पछाडीको ३४०×२०० मिलिमिटर हुनुपर्ने
-मझौला तथा साना चारपाङग्रे सवारी साधनको नम्बर अगाडीको ४३०×११० मिलिमिटर र पछाडीको २८०× १८० मिलिमिटर हुनुपर्ने
-साना तिनपाङगे्र सवारीको नम्बर अगाडीको २४०×१३० मिलिमिटर र पछाडीको २४०×१३० मिलिमिटर हुनुपर्ने
-साना दुईपाङग्रे सवारीको नम्बर अगाडीको ३८०×८० मिलिमिटर र पछाडीको २४०×१३० मिलिमिटर हुनुपर्ने
स्पष्ट देखिने र बुझीने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्न सम्बन्धित सबैलाई अनुरोध छ । तोकिए बमोजिमको नम्बर प्लेट नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवारी हुनेछ ।
यस्तै ठुलो आवाज निकाल्दै दुईपाङग्रे सवारी साधन चलाएको पाईएमा ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्नेछ ।




प्रतिकृया