• १४ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार ०४:००

२५ असोज २०७९, काठमाडौँ : आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ । नेप्से ०.८६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ३६३.६३ विन्दुमा झरेको छ ।

National Life

कूल २२९ वटा कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा ५५ करोड २७ लाख १२ हजार ८ सय ८५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।


आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड १० लाख ९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार २ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस दिन विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४१ रूपैयाँ ५० पैसामा झरेको छ ।

प्रतिकृया