• १३ असोज २०८३, मंगलबार
  • २ः२९ दिउँसो

निर्वाचनका दिन सवारीसाधन चलाउन पाइने

प्रकाशित मिति

२०७९ आश्विन २३ गते, आईतवार ०९:४७

२३ असोज २०७९, काठमाडौँ: आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।

National Life

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो ।


निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधानलाई सञ्चालन अनुमति दिइनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समास्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।


सवारीसाधन सञ्चालन अनुमति पत्रलाई भीड लाग्ने र विभिन्न दलहरूले वृद्धवृद्धालाई मतदानस्थलसम्म ल्याउन अप्ठयाराे भयाे भन्ने गुनासाे आएपछि नियन्त्रित रुपमा सवारीसाधान खुला गरिएकाे हाे ।

प्रतिकृया