• १२ असोज २०८३, सोमबार
  • ९ः२५ बिहान

आज प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदै

प्रकाशित मिति

२०७९ आश्विन २३ गते, आईतवार ०७:५०

२३ असोज २०७९, काठमाडौँ: मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० निर्वाचन क्षेत्रको लागि उम्मेदवारी दर्ता हुन लागेको हो ।

National Life

सबै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।


आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य हुने छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया