• १२ असोज २०८३, सोमबार
  • ११ः३० बिहान

बस दुर्घटना हुँदा ४१ जना घाइते

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०७:३३

१५ असोज २०७९, काठमाडौँ: दाङको घोराही उपमहानगरपालिका–३, भैँसीबगाउने खोलानजिकै यात्रीवहाक बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन् । शनिबार दिउँसो करिब सवा ३ बजे घोराही–लमही सडकखण्डमा रा१ख १८४५ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

National Life

घाइतेमध्य बस चालकको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रतिकृया