• ३ असोज २०८३, शनिबार
  • २ः०१ दिउँसो

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०८:०६

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५र७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए ।

National Life

बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ । रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ ।

कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया