खेलाडीको अनुसन्धान प्रतिवेदन हस्तान्तरण
प्रकाशित मिति
२०७६ श्रावण १० गते, शुक्रबार ०८:००
काठमाडौं, १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको विषयमा अध्ययन गरिएको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई हस्तान्तरण गरिएको छ । १२औं सागमा सहभागी तीन सय ४८ जना नेपाली खेलाडीको शारीरिक, शैक्षिक, सामाजिकलगायतका अवस्थाको विषयमा केन्द्रीत रहेर गरिएको अनुसन्धान प्रतिवेदन हिजो बिहीबार सदस्यसचिवलाई हस्तान्तरण गरिएको हो । खेलकुद विज्ञ दिवाकरलाल अमात्यले सन् २०१६ मा भारतको गुवाहाटीमा सम्पन्न १२औं सागको अध्ययन प्रतिवेदन सदस्यसचिवलाई हस्तान्तरण गरेका हुन् । १३औं दक्षिण एसियाली खेलकुदको तयारी भइरहेको समयमा तयार भएको सो प्रतिवेदनले आगामी दिनमा नीति कार्यक्रम तथा योजना बनाउने सहयोग पुग्ने बताइएको छ ।
‘नेपालमा खेलकुद र खेलाडीको विषयमा अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने हेतुले गरिएको यो कार्यले आगामी दिनमा राम्रो नतिजा दिलाउन योगदान दिने खेलकुद विज्ञ दिवाकर लाल अमात्यले बताउनु भयो । २१ खेलमा सहभागी खेलाडीको विषयमा अध्ययन गरिएको थियो । सो अध्ययनअनुसार सबैभन्दा पाको खेलाडी आर्चरीमा रहेको पाइएको थियो ।





प्रतिकृया