• ४ असोज २०८३, आइतबार
  • १ः३४ राती

समृद्ध नेपाल, सुखी नेपालीका लागी योगको विकल्प छैन : सांसद वस्नेत

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०७:५२

समृद्ध नेपाल अनि सुखी नेपाल निर्माण गर्ने कुरा जनताको स्वास्थ्य अवस्था सँग पनि जोडिएको र सो को लागि भक्तपुर, पातञ्जल योग समिति नेपाल भक्तपुरले ध्यान, ज्ञान, निरोगिताको अमृतजल, मातृभूमिको सुगन्ध हाम्रो पातञ्जल भन्ने मूल नाराको उदघोष गर्दै सूर्य्विनायकको गुण्डुमा पातञ्जल योगको अभियानलाई ७ दिने योग शिविर मार्फत शुभारम्भ गरेको छ ।
सो शिविरको उदघाटन गर्नुहुँदै पातञ्जल योग समिति नेपालका केन्द्रिय प्रमुख सल्लाहकार एवं पूर्व मन्त्री प्रतिनिधि सभासदस्य महेश वस्नेतले स्वस्थ जीवन,स्वस्थ समाज निर्माण गर्ने पवित्र उद्धेश्य लिई राष्ट्रियता र स्वाधिनतालाई सर्वोपरि राखेर पातञ्जलले आफ्नो योगजागरण अभियानको शुभारम्भ गरेको बताउनु हुँदै यो अभियानमा प्रमुख सल्लाहकारको हैसियतबाट सक्दो साथ एवं सहकार्य गर्नै प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

National Life

समृद्ध नेपाल अनि सुखी नेपाल निर्माण गर्ने कुरा जनताको स्वास्थ्य अवस्था सँग पनि जोडिएको र सो को लागि योगको विकल्प नरहेको विषयमा आफ्नो धारणा राख्नु हुँदै वस्नेतले पातञ्जल योग समिति नेपालले प्रत्येक जनजनमा योग पू¥याउन खेलेको भूमिका प्रति खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रमकै विच वस्नेतले भक्तपुर जिल्लाबाट योगयात्रा शुरुवात गरेको पातञ्जल योग समिति नेपालले अत्यन्तै छोटो समयमा देशभर संस्थागत संरचना तयार पार्दै नेपाल सरकारमार्फत औपचारीक योग कक्षाहरु पनि शुरुवात गर्न लागेकोमा खुसी व्यक्त गर्दै पातञ्जल योग समितिका अभियान्ताहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

पातञ्जल योग समिति नेपालका संरक्षक वालमुकुन्द सुवालले संस्थागत लक्षित उद्धेश्य प्राप्तीका लागि सबै तहतप्का सँगको सल्लहासुझाव अनुसार अघि बढ्न पातञ्जल योग समितिका नेतृत्वकर्तालाई आहवान गर्नुभयो । पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले योगको नाममा वार्षिकरुपमा नेपालबाट अरबौ धनराशी विदेशीएको विषयमा चिन्ता व्यक्त गर्दैै यस विषयमा पातञ्जल योग समिति नेपालले पैरवी गर्दै जनजनमा सुसुचित गराउनु पर्ने विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले भक्तपुर जिल्लाभित्र योग जागरण अभियान सञ्चालन गर्न पातञ्जल योग समिति नेपाललाई जिल्ला समन्वय समितिको सधैव पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरि सूर्य्विनायक नगरपालिका वडा नंं ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले आफ्नो वडाभित्रका जनताहरुलाई योग मार्फत स्वस्थ राख्न पातञ्जल योग समितिले योग कार्यक्रमको शुरुवात गर्न लागेकोमा हर्षित हुँदै वडाको संरक्षणमा पातञ्जल योग समिति परिवार सँगको समन्वय बाट यस क्षेत्रमा निरन्तर योग कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यसैगरि ७ दिने शिविरलाई व्यवस्थित तवरले सञ्चालन गर्न वडा अध्यक्ष रविन्द्र सापकोटाको संरक्षकत्व एवं प्रेमकृष्ण नगरकोटीको संयोजकत्वमा शम्भु पौडेल,पवित्रा श्रेष्ठ,निता खडका,मन्जु कार्की,मिना नगरकोटी,मनोज गिरी,गिता वस्नेत,अभय श्रेष्ठ,अनिता वस्नेत,नन्दु नगरकोटी रहेको ११ सदस्यीय शिविर व्यवस्थापन तयारी समिति समेत सर्वसम्मत चयन गरिएको पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरका सहसचिव श्रृजना मल्ल ठकुरीले अवगत गराउनु भयो ।

प्रतिकृया