अवल बचत तथा सहकारी संस्थाको १३ औ वार्षिकोत्सव सम्पन्न (भिडियाे सहित)
प्रकाशित मिति
२०७९ आश्विन १० गते, सोमबार ०३:४१
१० असोज २०७९, काठमाडौंः अवल बचत तथा सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा टोखास्थित बानियाँटारमा सम्पन्न भएको छ । सहकारीले गत शनिवार एक कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो । “अवल बचत सरल सवल र सफल बचत” को नारा सहित अगाडी बढिरहेको यस सहकारी एक उत्कृष्ट सहकारी रहेको अध्यक्ष श्रीराम केसीले जनाएको छन् । कार्यक्रममा अध्यक्ष श्रीराम केसीले सबैलाई न्यानो अभिवादन टक्र्याउँदै १३ औं वार्षिक साधारण सभामा तयार गरिएको प्रतिवेदन पढेर सुनाए । सहकारी संघका छाता संगठनका अरु संस्थाले अवल वचत तथा सहकारी संस्थालाई बधाई तथा शुभकामना दिएको उनले बताए । सहकारीको शेयर सदस्य संख्य आर्थिक वर्ष २०७८र७९ को सम्म आउँदा ६४४ जना रहेको छ भने २०७९/८० मा ६९४ पु¥याउने लक्ष्य रहेको अध्यक्ष केसीले जनाएको छन् ।
प्रमुख अतिथि शालिकराम पुडासैनीले सहकारी जोगाउनको लागी साझा अभियानहरु संचालन गर्नुपर्ने, कर्मचारीहरुलाई समय सापेक्ष तालिमहरुको व्यवस्था गरिदिनुपर्ने बताए । सहकारीका सेयर सदस्यहरुले पनि आफुले खाई नखाई जम्मा गरेको रकम सुरक्षित छ कि छैन भनेर खबरदारी गर्नुपर्ने बताए । उनले अवल वचत तथा सहकारी संस्थाको १३ औं वार्षिकोत्सवको सफलताको शुभकामना दिंदै कार्यक्रममा अलि ढिलो पुगेकोमा क्षमा याचना गरे । अहिले संस्था श्रीराम केसीको अध्यक्षतामा चौथो कार्यकालमा रहेको बताउँदै आफू संस्थाको इतिहासदेखि सबै कालखण्डमा सहभागी भएको बताए । साथै संस्थालाई आफ्नो व्यक्तिगत तर्फबाट र कासमबाट सहयोग गर्दै आएको बताए । संस्थाले आजसम्म आइपुग्दा विभिन्न किसिमका चुनौतीलाई अवसरमा परिणत गर्दै १३ औं वार्षिक साधारण सभा सम्पन्न गैरहेको बताए । संस्थाको प्रतिवेदनमा धेरै ऋणहरु भाका नघारे ब्याज नआएको स्थितिमा रहेको थाहा भयो । विषम परिस्थिति आफ्ना ठाउँमा भएकाे तर ऋण लिएका व्यक्तिहरुले संस्थासँग टाढा रहेर संस्थासँग दुरी बढाएर समस्याको समाधान नहुने बताए ।
मातृभूमिन्यूजका प्रधान सम्पादक सुवास कुँवरसँग कुराकानी गर्दै संस्थाका अध्यक्ष श्रीराम केसीले संस्थाबाट त्यति ठूलो अपेक्षा नलिएको बताए । संस्थाका ६४० शेयरधनीहरुलाई १० प्रतिशत बोनस दिन सफल भएकोमा आउने वर्षमा यो बढाएर १५, १६ प्रतिशत पु¥याउने प्रतिबद्धता जनाए । जनतालाई सेवा सुविधा कसरी अझ राम्रो दिन सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । लगानीलाई कसरी सुरक्षित गर्नुभएको छ भन्ने प्रश्नको उत्तरमा उनले भने, “धेरै महत्वपूर्ण प्रश्न सोध्नुभयो । धेरै सहकारीले जनताको करोडौं पैसा उठाएर जग्गामा लगानी गरेर संचालकहरुले पैसाको हिनाबिना गरेको अवस्था छ । धेरै सहकारी डुबेर जनताले पैसा नपाएको अवस्था पनि छ । एक लाखको चेक लिएर जाँदा ५ हजार पनि पैसा नपाएको अवस्था छ । हामीले स्थानीय वासिन्दालाई केन्द्रित गरेर सहकारी संस्था खोलेको हुनाले आजको दिन सम्म एकै व्यक्तिको १०, १५ लाख पनि चेकमार्फत भुक्तानी गरेको बताए ।” त्यसकारण ढुक्क भएर सहकारी संस्थामा लगानी गर्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा अध्यक्ष श्रीराम केसी, प्रमुख अतिथि सालीकराम पुडासौनी, विशेष अथिति कमला कार्की, सुदर्शन थापा, सोभा पाण्डे, वडा अध्यक्ष घनश्याम खण्का निरञ्जन आचार्य, महेश जंग कुँवर, रामकुमार थापा, कुलबहादुर बुढाथोकी, रामलाल श्रेष्ठ, सोविता श्रेष्ठ, विजय कुमार तामाङ, लक्ष्मी कुँवर, त्रिस्न बोगटी, अम्वीका बानीयाँ लगायत सदस्यको सेयरधनीहरुको उपस्थिति थियो ।







प्रतिकृया