• १४ असोज २०८३, बुधबार
  • १०ः२० राती

आइएमई पे र दराजको “दराज वालेट डे” अफर

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार १०:४७

६ भदौ २०७९ काठमाडौं: आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ। सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत् भुक्तानी गर्दा १०५ छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ। प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०५ छुट (३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ। यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ ।

National Life

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यस सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।


नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया