• १४ असोज २०८३, बुधबार
  • ९ः५४ राती

लम्बिनी विकास बैंक लिमिटेड इनरुवा शाखा कार्यालय स्थानान्तरण

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार १०:४२

६ भदौ २०७९ काठमाडौं: लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्धेश्यले आइतबार देखि इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो। उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण भएको छ।

National Life

यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गर्नु भयो। यसैगरी कार्यक्रममा इनरुवा नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र शाह तथा उपाध्यक्ष गिरीराज अटलको पनि उपस्थिती रहेको थियो साथै बैंकको तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल लगायत बैैकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।


लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन्। यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया