• २६ भदौ २०८३, शुक्रबार
  • ४ः२६ बेलुका

अरबपति मुकेश अम्बानीलाई मार्ने धम्की दिने सुनचाँदी व्यवसायी पक्राउ

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार १०:४४

३१ साउन २०७९, काठमाडौं: भारतीय अरबपति मुकेश अम्बानीलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । उद्योगपति मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिएका सुनचाँदी व्यवसायी विष्णु विदु भौमिक पक्राउ परेका हुन् । दक्षिण मुम्बईमा ज्वेलरी पसल चलाउँदै गरेका भौमिकले रिलायन्स फाउन्डेसन अस्पतालको ल्यान्डलाइन नम्बरमा ९ वटा कल गरेर अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिएका थिए ।

National Life

आरोपित गहना व्यवसायी भौमिकलाई धम्कीपूर्ण फोन गरेको झण्डै तीन घण्टापछि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार भौमिकले यसरी धम्कीपूर्ण कल गरेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनले यसरी कल गर्ने गर्थे । भौमिक बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


गत फेब्रुअरीमा मुकेश अम्बानीको दक्षिण मुम्बईको घर एन्टिलियाु नजिकै विस्फोटक पदार्थले भरिएको गाडी भेटिएको थियो। योसँगै अम्बानीको सुरक्षालाई लिएर प्रहरी हाइ अलर्टमा रहने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया