लागूऔषध एम्फेटामाईन ४ किलो २०० ग्राम सहित विदेशी नागरीक प्रकाउ
प्रकाशित मिति
२०७६ श्रावण ५ गते, आईतवार ०६:४३
काठमाण्डौ, सावन ४ गते दिउसो साढे एक बजे लागू औषध नियन्त्रण व्युरो, शाखा कार्यलयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान तर्फ रहेका यात्रुहरुको झोला जाँच गर्ने स्थानमा एयर इण्डियाको उडान नं. AI 216 बाट भारतको दिल्ली हुँदै जापान जान लागेका पोर्चुगिल नागरिक, पासपोर्ट नं. CA 701292 बाहक २५ वर्षिय TIAGO MENDES PEREIRA लाई लागू औषध एम्फेटामाईन (ICE) सहित पक्राउ गरेको छ ।


पोर्चुगिल नागरिकको नागरीकले बोकेको झोलाको जाँच गर्दा तजभ लयचतज The north face लेखिएको कालो, खैरोर निलो रङको पछाडी भिरेर बोक्ने कपडाको झोला भित्र सानो–सानो प्याकेट जस्तो वस्तु देखिए पछि लागू औषध हुन सक्ने आंशंकामा झोला जाँच गर्दा विभिन्न २७ वटा कागजका बक्सहरुमा रुमाल, टाई र त्यसमा मुनि फल्स बटम बनाई प्याकेट भित्र लुकाई छिपाई लैजान लागेको AMPHETAMINE (ICE) ४ किलो २०० ग्राम सहित उक्त नागरीकलाई पक्राउ गरेको व्युरो जनाएको छ ।
पोर्चुगिल नागरिक माथि आवश्यक आनुसन्धन भईरहेको व्युरोले जनाएको छ ।







प्रतिकृया