• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१४ बिहान

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

प्रकाशित मिति

२०७९ श्रावण १२ गते, बिहीबार ०९:४१

१२ साउन २०७९, काठमाडौं : इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ ।


इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् । अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

Kamana Sewa

आफ्नो प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न धर्मगुरु सदर तयार नभएपछि त्यहाँ नयाँ सरकार बन्न सकेको छैन ।प्रदर्शनकारी संसद भवनमा प्रवेश गर्ने बेला सांसदहरु भने थिनन् । त्यहाँ प्रदर्शनकारीहरुले क्षति पुर्‍याए(नपुर्‍याएको भने खुलेको छैन । प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरुलाई संसद भवन छाड्न आग्रह गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया