• २९ भदौ २०८३, सोमबार
  • १२ः१३ राती

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०१:५०

२३ असार २०७९ काठमाडौंः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ। सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो ।

National Life

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो । त्यसैगरी सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ। ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया