• २७ भदौ २०८३, शनिबार
  • १०ः५६ बिहान

आज पनि एमालेले कर्णाली प्रदेश बैठक चल्न नदिने

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार १०:३६

२३ असार २०७९ काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अवरोध कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ।आफ्ना माग सम्बोधन गर्नका लागि पटकपटक आग्रह गरे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्वोधन नगरेको जनाउँदै एमालेले बैठक अबरुद्ध गर्दै आएको अवस्थामा पुनः बैठक आह्वान गरिएको हो।

National Life

गत माघमा भएको ७ बुदेँ सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि नसच्चाएको, सुदुरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनु पर्ने माग गर्दै आएको छ। तर, मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्वोधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अवरुद्ध हुने एमालेले चेतावनी दिएको छ।


पटक-पटक सर्वदलीय बैठकबाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन्।त्यसका लागि अपरान्ह सर्वदलीय बैठकवाट समस्या समाधानको हल खोज्ने सभामुख शाहीले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया