• २७ भदौ २०८३, शनिबार
  • ११ः०४ बिहान

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०९:४०

२३ असार २०७९, काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा ६ वटा कार्यसूची रहेको छ। पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७७-२०७८’ पेश गर्ने राखिएको छ ।

National Life

त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको खानेपानी तथा सरसफाइ विधेयक,
२०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव गर्ने र त्यसपछि सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।


कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलपछि सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिवत डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हेर्नुहोस् आजको कार्यसूची यस्तो छ :

प्रतिकृया