• २० भदौ २०८३, शनिबार
  • ८ः१५ बिहान

शेखर समूहको बैठक दिउँसो बस्ने

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ०९:३०

१६ असार २०७९, काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्डमा सुरु हुने नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्। प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको काममा एकलौटी गरेको भन्दै शेखर समूहको बैठक बस्न लागेको हो ।

National Life

आजको बैठकमा भातृ संस्थामा गरिएको एकलौटी मनोनयन, स्थानीय निर्वाचनको समीक्षा र पार्टीको अन्तरिक र बाह्य विषयमा छलफल हुनेछ । देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए ।


यस्तै केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए । तर देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।

Classic Tech Desktop

प्रतिकृया