• ३१ भदौ २०८३, बुधबार
  • ७ः२१ बिहान

नवनियुक्त मन्त्रीहरुले लिए शपथ्

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार १२:१५

१३ असार २०७९ काठमाडौंः एकीकृत समाजवादीको भागमा परेका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना नयाँ मन्त्रीहरुलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

National Life

गत जेठ २२ गते बसेको एकीकृत समाजवादी सचिवालय बैठकको निर्णयअनुसार मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीले शपथ लिएका हुन्।आइतबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको थियो।


शीतल निवासमै राज्यमन्त्रीमा नियुक्त हिराचन्द्र केसीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।समाजवादीको कोटाबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्यकै राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया