• १४ साउन २०८३, बिहीबार
  • १०:०४ बेलुका

तोलामा ४ सयले बढ्यो सुन

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ११:४६

१३ असार २०७९ काठमाडौंः सुनको मूल्य आज बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो। अघिल्लो दिन ९७ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन पनि आज सोही दरले बढेको छ।


सोमबार ९६ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको तेजाबी सुन आज ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाले बढेको छ। योसँगै आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Kamana Sewa

प्रतिकृया