• ३१ भदौ २०८३, बुधबार
  • १२ः४४ राती

चितवनबाट पेस्तोलसहित युवा पक्राउ

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०८:५५

१३ असार २०७९, काठमाडौँ : जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

National Life

उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिकृया