• १६ असोज २०८३, शुक्रबार
  • १२ः०६ राती

रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

प्रकाशित मिति

२०७९ जेष्ठ २९ गते, आईतवार ०४:२४

२९ जेठ २०७९ काठमाडौंः आइएमईले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा शनिबार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय पानी पोखरीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।

National Life

आइएमईले आफ्नो २२ औं वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धि नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

प्रतिकृया