• १५ असोज २०८३, बिहीबार
  • ८ः३६ राती

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि ।।।।

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०६:०१

सिन्ह्वा,

National Life

१९ जेठ २०७९, काठमाडौंः  उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० लाख जरिवाना गरेको हो ।


एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डिजिसीएका अधिकारीले बताएका छन् । उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।

प्रतिकृया