नमस्ते पेले सुरू गर्यो नेपालभर स्मार्ट क्यूआर सेवा
प्रकाशित मिति
२०७९ जेष्ठ १९ गते, बिहीबार ०५:५३
१९ जेठ २०७९, काठमाडौंः नमस्ते पेले नेपालका सबै स्मार्ट QR व्यापारीहरूमा उपलब्ध QR आधारित भुक्तानी सेवाहरू सुरु गरेको छ । यी सबैको साथ, नमस्ते पे प्रयोगकर्ताहरूले अब “Scan and Pay” सुविधा प्रयोग गर्न सक्छन् र स्मार्ट च्वाइस टेक्नोलोजी (SCT) द्वारा स्मार्ट QR स्वीकार गर्ने आउटलेटमा QR आधारित भुक्तानीहरू गर्न सक्छन् । smart pay QR मा हाल नेपालभर १ लाख ६० हजार व्यापारीहरूको नेटवर्क छ।
यसैका साथ, नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३०५ (रु ३०० सम्म) आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क संचालक, स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट सञ्चालक, नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेडले संयुक्त रुपमा जानकारी दिएका छन् ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेड (NDPC) नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो ।NDPC मा ग्रामीण क्षेत्रको पहुँच देखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।








प्रतिकृया