• १७ असोज २०८३, शनिबार
  • १ः१२ राती

लघुवित्तिय संस्थाविरूद्वको संघर्ष समिति नेपालले विरोध सभा गर्ने घोषणा

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०५:४१

१९ जेठ २०७९, काठमाडौंः लघुवित्तिय संस्थाविरूद्वको संघर्ष समिति नेपालले असोज २५ गते काठमाडौंमा लाखौं पीडित महिला उतारेर वृहत विरोध सभा गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले लघुवित्तिय संस्थाको खारेजी नगरेसम्म आन्दोलन गर्ने बताएको हो ।

National Life

उक्त विरोध कार्यक्रमलाई संघर्ष समितिले राजनीतिक दल, नेपाल सरकार, मानव अधिकारवादी संघ संस्थाहरु, पत्रकार, बृद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी लगायत सम्पुर्ण देश र विदेशमा रहने सबैले आर्थिक, नैतिक र भौतिक समर्थन र सहयोग गर्न अनुरोध गरेको छ ।


समितिले गत फागुन ५ गतेदेखि लघुवित्तका सबै बैठकहरु वहिस्कार गरेर लघुवित्तविरुद्ध संघर्षको कार्यक्रम सुरु गरेको हो । अहिलेसम्म १० जिल्लामा संरचना गठन गरेको र ३५ जिल्लामा सम्पर्क समिति गठन हुने क्रममा रहेको पनि समितिले जानकारी दिएको हो । लघुवित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाहा गर्न, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताको आधारित काम र दामको व्यवस्था गर्न र समाजवादी अर्थतन्त्रको विकास गर्न समितिले माग अघि सारेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले आफुहरुले ग्रामिण महिलाहरुको हितको लागि असोज २५ गते काठमाडौंमा गर्ने बृहत विरोध सभामा सहभागि हुन सम्पुर्ण नागरिकहरुलाई आग्रह गरे । उनले भने,‘अब सबै लघुवित्तीय संस्थविरुद्धमा एकजुट भई संघर्षमा जुट्नुपर्छ । अहिले सम्म व्यवस्था परिवर्तनको लागि आन्दोलनमा गर्दै आयौ अब महिलाहरुको लागि आन्दोलन गर्नेछौ ।’

प्रतिकृया