• १८ असोज २०८३, आइतबार
  • १०ः०८ राती

दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घट्यो

प्रकाशित मिति

२०७९ जेष्ठ १८ गते, बुधबार १२:३७

१८ जेठ २०७९, काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट वक्तव्य मार्फत दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गरेको छ। यसअघि दूरसञ्चार सेवाशुल्क बापत १३ प्रतिशत कर लाग्दै आइरहेको थियो। अहिले त्यो घटाएर १० प्रतिशतमा झारिएको छ। इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले बजेट भाषण मार्फत कर सहुलियत–दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घटाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।

National Life

सरकारले ३ प्रतिशत सेवाशुल्क घटाउँदा इन्टरनेटमा १७ रूपैयाँ कम हुने संघको प्रेस विज्ञप्तिमा उल्लेख छ। अहिले ग्राहकले इन्टरनेट शुल्क बापत ५ सय रूपैयाँ, दूरसञ्चार सेवाशुल्क बापत ६५ रूपैयाँ, मर्मतसम्भार बापत ५ सय रूपैयाँ र १३ प्रतिशत भ्याट बापत १३८.५ रूपैयाँ तिर्दै आइरहेका थिए।


सबै शुल्क सहित १२ सय ३ रूपैयाँ तिर्दै आइरहेका थिए। ग्राहकले नयाँ बजेटपछि इन्टरनेट शुल्क बापत ५ सय रूपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत ५० रूपैयाँ, मर्मतसम्भार बापत ५ सय रूपैयाँ र १३ प्रतिशत भ्याटबापत १३६.५ रूपैयाँ गरेर कुल ११ सय ८६.५० रूपैयाँ तिर्नुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया