• २० असोज २०८३, मंगलबार
  • ७ः३९ बिहान

तौल कम गर्न चाहनेहरुले यी फल नखानुहोस्

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०१:५५

९ जेठ २०७९, काठमाण्डौं : फल र सब्जीले शरीरलाई आवश्यक पोषक तत्व, भिटामिन, मिनरल प्रदान गर्छ । विज्ञका अनुसार हरेक व्यक्तिले बिहान ब्रेकफास्टमा एउटा फलफूल खानुपर्छ र हरियो सब्जीलाई खानामा समावेश गर्नुपर्छ ।

National Life

डब्ल्यूएचओका अनुसार जो व्यक्तिले हरेक दिन कम्तीमा पाँच पटक फलफूल र सागसब्जी खान्छन्, उनीहरुमा मुटुरोग, स्ट्रोक र केही प्रकारका क्यान्सरको खतरा पनि कम हुन्छ । जो व्यक्तिले आफ्नो तौल कम गर्ने सोच बनाएका हुन्छन् उनीहरु धेरैजसो आफ्नो डाइटमा फलफूल र सागसब्जी समावेश गर्छन् । डाक्टर तथा डाइट एक्सपर्ट डा.माइकल मोस्लेले यदि कसैले तौल कम गर्न चाहन्छन् भने उनीहरुले केही फलको सेवन गर्नुहुँदैन, नभए तौल बढ्न सक्छ । त्यस्ता फलबारे जानकारी लिऔँ ।


द मिररका अनुसार डा.माइकल मोस्ले भन्छन्, ‘यदि कोही व्यक्ति स्वस्थ छन् भने उनीहरुले फल खानु राम्रो मानिन्छ तर यदि कोही तौल घटाउनका लागि विशेष डाइट चार्ट फलो गरिरहेका छन् भने उनीहरुले स्याउ, जामुन, अङ्गुर वा एभोकाडो जस्ता फल खान सक्छन् किनभने यसमा निकै कम मात्रामा सुगर हुन्छ । तर आँप, खरबुजा, भुइँकटहरजस्ता फलफूल खानबाट बच्नुपर्छ किनभने यसमा प्राकृतिक सुगर निकै धेरै हुन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

डा. मोस्लेका अनुसार एउटा साधारण आकारको आँपमा ४५ ग्राम, अंगुरमा २३ ग्राम, एभोकाडोमा १.३३ ग्राम चिनी हुन्छ । तौल कम गर्न चाहनेहरुले आँप–केराजस्ता फल खानबाट जोगिनुपर्छ तर जो दुब्लो पातलो छन् र तौल बढाउन चाहन्छन्, उनीहरुले यसको सेवन गर्नसक्छन् ।


तौल कम गर्नका लागि कस्ता चिजबाट बच्ने ?
डा. मोस्लेका अनुसार तौल कम गर्नका लागि फुल फ्याट, चिनी र नुनयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ । यसका साथै प्याक गरिएका खानेकुराबाट पनि जोगिँदा पनि निकै राम्रो हुन्छ । यस्ता खानेकुराले स्वास्थ्यलाई खराब गर्छ । यसका साथै, बिस्कुट वा चिप्सजस्ता खानेकुराबाट पनि जोगिनुहोस् । यदि घरमा यस्ता खानेकुरा छन् भने यसलाई तुरुन्त घरबाट बाहिर निकाल्नुहोस् । (एजेन्सी)

प्रतिकृया