• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

काठमाडौं महानगरपालिका अपडेट : बालेनको अग्रता बढ्दै, स्थापित सिंह भन्दा ११ सय मतले पछाडि

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ११:२५

९ जेठ २०७९, काठमाण्डौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन्। यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन्।

National Life

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन्।


प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ।

प्रतिकृया