• २० असोज २०८३, मंगलबार
  • ३ः२० दिउँसो

पोखरा महानगरपालिका अपडेट : मेयरमा गठबन्धन, उपमेयरमा नेकपा एमालेको अग्रता

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ११:३८

९ जेठ २०७९, काठमाण्डौं : पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । स्थानीय तह निर्वाचन – २०७९ अन्तर्गत जारी मतगणनामा हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् ।

National Life

त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरेका छन्।


उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्याइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

प्रतिकृया