• २० असोज २०८३, मंगलबार
  • ६ः२८ बेलुका

मतगणना सकिनुअघि नै वीरगन्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह विजयी

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार १०:५६

९ जेठ २०७९, काठमाण्डौं : वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् ।

National Life

हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ ।


जसमा जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका विजय कुमार सरावगीले २० हजार २०५ मत पाएका छन् । यस्तै राप्रपाका गिरीश गिरीले २९४६ मत पाएका छन् । यस्तै उपप्रमुखमा काँग्रेसका इम्तियाज आलमले २५ हजार ५९ मत पाएर अग्रता बनाइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया