• २० असोज २०८३, मंगलबार
  • ८ः०७ राती

भरतपुर महानगरमा रेनु दाहाल ९ हजार बढी मतले अगाडि

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०७:१०

९ जेठ २०७९, काठमाडौं : चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन्। पछिल्लो मतपरिणामअनुसार उनले ४० हजार ५८९ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरेका छन्। यसअनुसार दाहालले आफ्नो अग्रतालाई ९ हजार १९ मत पुर्‍याएकी छिन्।

National Life

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ हजार २०६ मत प्राप्त गरेका छन्। त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४४ हजार ९७ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्। त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २५ हजार ९९९ मत प्राप्त गरेकी छिन्।

प्रतिकृया