• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

मधेसमा ‘नेवारु’, नेवाःमा ‘मधेसी’

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०६:५०

९ जेठ २०७९, काठमाडौँ : वीरगन्ज महानगरपालिका-३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ- काठमाडौं महानगरपालिकाको नतिजाप्रति । बाराको जितपुर बजारमा औषधि पसल चलाउँदै आएका चौधरीले वीरगन्जमा नेवार समुदायका राजेशमान सिंह र काठमाडौंमा मधेसी मूलका बालेन्द्र साहले मेयरमा जितेको हेर्न आतुर रहेको बताए।

National Life

मलाई अन्य ठाउँको भन्दा पनि वीरगन्ज र काठमाडौंको बढी चासो छ, नागरिककर्मीले गरेको टेलिफोन सम्पर्कमा उनले भने, यसमा मैले प्रत्येक गणनामा मत मात्र हैन, समाज जोडिदै गएको पाएको छु। विगतमा परम्परागत पार्टीमा भोट हाल्दै आएका चौधरीको चाहना यतिबेला पूरा हुने अन्तिम चरणमा छ।


मधेसको व्यापारिक केन्द्र मानिने वीरगन्जको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले भारी मतान्तरका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। मतगणनामा सिंह एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीभन्दा निकै अगाडि छन् । २ लाख ६८हजार जनसंख्या रहेको वीरगन्जमा १ लाख २४ हजार ६ सय ४७ जना मतदाता छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मैले जात, धर्म, भूगोलभन्दा पनि उम्मेदवारको कुरा सुनेर भोट हालें, चौधरीले थपे, यतिबेला काठमाडौं महानगरपालिकाका मतदाताले पनि यही बाटो पछ्याएको देख्दा सुन्दा खुसी लागेको छ। काठमाडौं महानगरपालिकाको मतगणनामा साहले सुरुका दिनदेखि नै अग्रता लिएका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई निरन्तर पछि पार्दै अघि बढेका साहले काठमाडौंको कोरु नेवार क्षेत्रबाट पनि विश्वासको मत पाएका छन्।


वीरगन्जका चौधरीजस्तै काठमाडौं महानगरका मतदाताले पनि उम्मेदवारको खुबी हेरेर मतदान गरेको सुनाउँछन् । हामी महानगरका उम्मेदवार साहको विचारबाट प्रभावित बन्यौं, काठमाडौं जैसीदेवलकी निशा महर्जनले भनिन्, यसले परम्परागत भोट हाल्ने ट्रेन्डमा परिवर्तन आएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया