• १९ असोज २०८३, सोमबार
  • ८ः३२ राती

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०३:२१

८ जेठ २०७९, काठमाण्डौं : विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।

National Life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाका प्रमुख बाबुराम लामिछाने, होटल व्यवसायी सङ्घका अध्यक्ष दीपक भट्टराई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत बहादुर तामाङलगायतको सहभागिता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया