• १९ असोज २०८३, सोमबार
  • ७ः५९ बेलुका

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा काँग्रेस विजयी

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०३:३९

८ जेठ २०७९, काठमाण्डौं : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुखमा निर्वाचित भएका छन् । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकोमा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

National Life

यस्तै, उपप्रमुखमा पनि काँग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्तगरी निर्वाचित भएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया